Like us!
Follow us!

सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

लगानी खबर, काठमाडौं - आज (शुक्रबार) नेपाली बजारमा सुन-चाँदीको मूल्यले ओरालो यात्रा तय गरेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार (बिहीबार) छापावाल सुन प्रतितोला ९४ हजार ५ सय रुपैयाँ कायम भएकोमा आज १ सय रुपैयाँले घटेर प्रतितोला ९४ हजार ४ सय रुपैयाँ कायम भएको हो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९३ हजार ९ सय रुपैयाँ कायम भएको छ । हिजो तेजबी सुनको मूल्य ९४ हजार रुपैयाँ कायम भएको थियो ।  

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । हिजो बिहीबार १ हजार २ सय ८० रुपैयाँमा करोबार भएको चाँदीको मूल्य आज ५ रुपैयाँले घटेर तोलाको १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ । 

619733675fb74.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।