Like us!
Follow us!

स्ट्याण्डर्ड चार्टर्डद्धारा साधारण सभा आह्वान, के-के छन् एजेन्डा ?

स्ट्याण्डर्ड चार्टर्डद्धारा साधारण सभा आह्वान, के-के छन् एजेन्डा ?

लगानी खबर, काठमाडौं - स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ ।

बैंकको कार्तिक २९ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार बैंकको ३५ औँ वार्षिक साधारण सभा मंसिर २८ गते, मंगलबार बैंकको केन्द्रिय कार्यलय, बानेश्वर, काठमाडौँमा बिहान १० बजेदेखि अनलाईन माध्यामबाट सुरू हुनेछ । 

सभामा बैंकको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.०६ प्रतिशत नगद गरी कुल १३.०६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

त्यसैगरी, बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि मंसिर १० गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, मंसिर ९ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

हेर्नुहोस बैंकले प्रकाशन गरेको सूचना : 

61970590aedbc.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।