Like us!
Follow us!

प्रभु इन्स्याेरेन्सको नाफामा १६ दशमलव १७ प्रतिशतको वृद्धि

प्रभु इन्स्याेरेन्सको नाफामा १६ दशमलव १७ प्रतिशतको वृद्धि

लगानी खबर, काठमाडाैँ - प्रभु इन्स्याेरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विरणअनुसार असोज मसान्तसम्ममा छ करोड ५४ लाख ७७ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

गत वर्षको यसै अवधिको तुलनामा खुद नाफा १६ दशमलव १७ प्रतिशतले वृद्धि गरेको हो । समीक्षा अवधिसम्ममा कम्पनीको खुद बीमा शुल्क आम्दानी छ दशमलव १४ प्रतिशतले बढेर २३ करोड ६५ लाख ८६ हजार रुपैयाँ पुगेको छ । कम्पनीकाे बीमा कोषमा ८३ करोड २८ लाख रुपैयाँ छ । 

प्रभुको जगेडा कोषमा नौ दशमलव ७६ प्रतिशतले बढेर २५ करोड ८३ लाख ७४ हजार रुपैयाँ जम्मा भएको छ । यस अवधिसम्ममा इन्स्याेरेन्सको प्रतिसेयर आम्दानी भने छ रुपैयाँ कायम भएको छ । त्यस्तै, कम्पनीको प्रतिसेयर नेटवर्थ २०१ रुपैयाँ छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।