Like us!
Follow us!

गमगढी आगलागी : ३५ करोडकाे क्षति, ८० परिवार विस्थापित

गमगढी आगलागी : ३५ करोडकाे क्षति, ८० परिवार विस्थापित

लगानी खबर, काठमाडौं -  सदरमुकाम  गमगढीको तल्लो बजारमा मंगलबार राति भएकाे आगलागीबाट ३५ करोड ५५ लाख बराबरको धनमाल क्षति भएको प्रारम्भिक विवरण सार्वजनिक भएकाे छ जिल्ला प्रहरी कार्यालय मुगुकाे तथ्यांक अनुसार उक्त आगलागीमा ८० परिवार विस्थापित भएका छन् ।

जसमा २५ घरधनी र ५५ भाडावालाहरू रहेका छन् । यस्तै पीडितले दिएकाे जानकारी अनुसार ३५ करोड ५५ लाख बराबरको सम्पत्ति पूर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक चित्रबहादुर भट्टराईले बताए । उनका अनुसार घरधनीको २१ करोड २५ लाख र भाडावालाको १३ करोड ३० लाख क्षति भएको छ । 
साथै आगलागीमा ८० परिवार विस्थापित भएका छन् । विस्थापित परिवारकै निवेदनका आधारमा क्षतिको विवरण संकलन गरेकाे प्रहरीको भनाइ छ । 

घटनापछि कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीको नेतृत्वमा भूमि तथा कृषि सहकारीमन्त्री चन्द्रबहादुर शाहीसहित सात सदस्यीय प्रदेश सरकारको टोलीले राहत सामग्री ल्याएर गमगढीको आगलागी स्थान निरीक्षण गरेको थियो ।

मंगलबारदेखि जिल्ला प्रशासन कार्यालयले घर जलेका परिवारलाई १५ हजार नगद, तीन वटा कम्मल र भाडामा बस्ने परिवारलाई १० हजार नगदसहित तीन वटा कम्मल राहतस्वरुप वितरण गरेकाे प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बताए । 
 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।