Like us!
Follow us!

जगदम्बा सहित ३ कम्पनीले उत्पादन गरेको सिमेन्ट गुणस्तरहिन, बिक्रिमा रोक

जगदम्बा सहित ३ कम्पनीले उत्पादन गरेको सिमेन्ट गुणस्तरहिन, बिक्रिमा रोक

लगानी खबर, काठमाडाैँ - जगदम्बा सहितका विभिन्न तिन कम्पनीहरुले उत्पादन गरेको सिमेन्ट गुणस्तरहिन पाईएको छ । गुणस्तर तथा नापतौल विभागले जगदम्बा, मारुती र युनाईटेड सिमेन्टले उत्पादन गरेको सिमेन्ट गुणस्तरहिन पाइएपछि बिक्रि बितरणमा रोक लगाएको छ । 

गुणस्तर प्रमाण चिह्न ऐन, २०३७ अनुसार विभागले मारुतीको ओपीसी ४३ ग्रेड, युनाइटेडको ओपीसी ग्रेड ५३ र जगदम्बाको पीपीसीको बिक्रीवितरण रोक्न र बजारमा पठाइसकिएको सिमेन्ट फिर्ता ल्याउन पत्राचार गरेको छ । विभागले तिनै उद्योगलाई १५ दिनभित्र स्पष्टीकरण दिन भनेको हो ।

सिरहामा रहेको मारुती सिमेन्टको ओपिसी ४३ ग्रेड, धादिङमा रहेको युनाइटेड सिमेन्टको ओपिसी ५३ ग्रेड र रुपन्देहीमा रहेको जगदम्बाको पिपिसी सिमेन्टको नमूना परीक्षण गर्दा मापदण्डानुसार गुणस्तर नभएको भेटिएको हो । अनुगमन र नमूना परीक्षण गर्दा कम्पनीले दावी गरे अनुरुपको गुणस्तर नभेटिएको विभागले जनाएको छ ।

मारुती समिन्टमा कम्प्रेसिभ स्ट्रेन्थ ७ र २८ दिनको मान क्रमशः ३३ र ४३ हुनुपर्नेमा ३१ र ३७ मात्रै देखिएको, युनाइटेडको कम्प्रेसिभ स्ट्रेन्थ क्रमशः ३७ र ५३ हुनुपर्नेमा न्यूनतम ३५ र ३९ मात्र देखिएको र जगदम्बा सिमेन्टको नमुनामा कम्प्रेसिभ स्ट्रेन्थ १६ र २२ हुनुपर्नेमा १५ र २० मात्रै देखिएको विभागले जनाएको छ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।