लगानी खबर, काठमाडौं - मेरो माइक्रोफाइनान्सले २४ मंसिरमा वार्षिक साधारणसभा बोलाएको छ । माइक्रोफाइनान्सले लाभांश प्रस्ताव पारित गर्न होटल वाटर टावर, बट्टार नुवाकोटको सभाकक्षमा सभा आह्वान गरेको हो ।
सभामा गत वर्षको नाफाबाट २० प्रतिशत बोनस सेयर र कर तिर्न एक दशमलव ०५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस हुनेछ । त्यसैगरी, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, अन्य कुनै लघुवित्तसँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिनेलगायतको एजेन्डा छ ।
साधारणसभा प्रयोजनार्थ माइक्रोफाइनान्सले ९ देखि २४ मंसिरसम्म बुक क्लोज गर्ने जनाएको छ । जसअनुसार ८ मंसिरसम्म नेप्सेमा कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन तथा लाभांश पाउन सक्नेछन् ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।