Like us!
Follow us!

बिहीबार बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

बिहीबार बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

लगानी खबर, काठमाडौं - आज (बिहीबार) नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ९४ हजार ३ सय रुपैयाँ कायम भएकोमा आज २ सय रुपैयाँले बढेर प्रतितोला ९४ हजार ५ सय रुपैयाँ कायम भएको हो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९४ रुपैयाँ कायम भएको छ । हिजो तेजबी सुनको मूल्य ९३ हजार ८ सय रुपैयाँ कायम भएको थियो ।  

आज चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो बुधबार १ हजार २ सय ८० रुपैयाँमा करोबार भएको चाँदीको मूल्य आज पनि सोही मूल्यमा करोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

6195e399cadaa.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।