Like us!
Follow us!

प्रिसेसन कारोबार अपडेट : ४.६१ अंकले बढ्यो नेप्से परिसूचक

प्रिसेसन कारोबार अपडेट : ४.६१ अंकले बढ्यो नेप्से परिसूचक

लगानी खबर, काठमाडौं - कारोबार हुने हप्ताको अन्तिम दिन आज (बिहीबार) प्रिओपन सेसन कारोबारमा नेप्से परिसूचक ४.६१ अंकले बढेर २८०६.१३ विन्दुमा पुगेको छ भने सेन्सेटिभ परिसूचक ०.१५ अंकले घटेर ५२५.२९ विन्दुमा पुगेको छ । 

त्यस्तै, आज प्रिओपन सेसन कारोबरमा ४० कम्पनीको १ करोड १३ लाख ६९ हजार ९ सय ३२ रुपैयाँको कारोबार भएको छ । 

हिजो (बुधबार) कारोबारको अन्त्यमा नेप्से परिसूचक १६.९५ अंकले बढेर २८०१.५२ विन्दुमा पगेको थियो । त्यस्तै २२४ वटा कम्पनीको १ करोड १९ लाख ४३ हजार ८ सय ५८ कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब ३७ करोड ९४ लाख ४६ हजार ८ सय २० रूपैयाँ बराबरको कारोबार भएको थियो । 

6195e0f67ec59.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।