लगानी खबर, काठमाडौं - कारोबार हुने हप्ताको चौंथो दिन आज (बुधबार) सेयर बजार दोहोरो अंकको बढेको छ । आज नेप्से परिसूचक १६.९५ अंकले बढेर २८०१.५२ विन्दुमा पुगेको छ ।
दोहोरो अंकले बढेको बजारमा सबैभन्दा धेरै सेयर मूल्य बढ्ने कम्पनीको पहिलो नम्बरमा पञ्चकन्या माई हाइड्रोपावर लिमिटेड रहेको छ । आज कन्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर ३ सय ८८ रुपैयाँ ४० पैसा पुगेको छ ।
त्यसैगरी, सर्वाधिक सेयर मूल्य बढ्ने अन्य कम्पनीहरुमा क्रमश : अपर तामाकोशी हाइड्रोपावर, मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड, तेह्रथुम पावर, नेपाल बंगलादेश बैंक, मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेड, नेपाल टेलिकम, जोशी हाइड्रोपावर, गोर्खाज फाइनान्स र रिलायन्स फाइनान्स रहेका छन् ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।