Like us!
Follow us!

ज्योति लाइफको नाफा २८ प्रतिशतले बढ्यो

ज्योति लाइफको नाफा २८ प्रतिशतले बढ्यो

लगानी खबर, काठमाडौं - ज्योति लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको ०७८/०७९ को पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । 

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा २८ प्रतिशतले बढेर नौ करोड २३ लाख नाफा कमाएको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले सात करोड २२ लाख २२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा जीवन बिमा कोष १०१ दशमलव २५ प्रतिशतले बढेर चार अर्ब ५४ करोड ७६ लाख ७६ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा बिमा कोषमा दुई अर्ब २५ करोड ९७ लाख १६ हजार रुपैयाँ थियो ।

खुद बिमा शुल्क ५० दशमलव ४२ प्रतिशतले बढेर ७९ करोड १ लाख ९३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष सोही अवधिमा यसले ५२ करोड ५३ लाख ३३ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो । 

समीक्षा अवधिमा कम्पनीको जगेडा कोषमा समेत ४४ प्रतिशतले वृद्धि भई ६६ करोड १० लाख कायम हुन गएको देखिन्छ । जीवन बिमा कोषमा १०१ प्रतिशतले वृद्धि भई चार अर्ब ५५ करोड रहेको छ । प्रतिसेयर आम्दानी १६ रुपैयाँ चार पैसा र प्रतिसेयर नेटवर्थ १३३ रुपैयाँ ६१ पैसा छ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।