Like us!
Follow us!

बैंक अफ काठमाण्डूले डाक्याे साधारण सभा, लाभांश पारित मुख्य एजेन्डा

बैंक अफ काठमाण्डूले डाक्याे साधारण सभा, लाभांश पारित मुख्य एजेन्डा

लगानी खबर, काठमाडाैँ - बैंक अफ काठमाण्डू लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ ।

बैंककाे कार्तिक २९ गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार बैंककाे सत्ताइसाैँ वार्षिक साधारण सभा मंसिर २९ गते, बुधबार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडाैँमा हुनेछ । 

सभामा बैंकको कार्तिक ८ गते, सोमबार बसेको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ४ प्रतिशत नगद गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

त्यसैगरी, बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि मंसिर १० गतेदेखि मंसिर २९ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, मंसिर ९ गतेसम्म नेप्सेमा काराेबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

सूचना हेर्नुहाेस् :

61936e8ab82a1.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।