Like us!
Follow us!

जीवन विकास लघुवित्तकाे ईपीएस ११६.११ रुपैयाँ पुग्याे, नाफासहित अन्य सूचकमा आकर्षक वृद्धि

जीवन विकास लघुवित्तकाे ईपीएस ११६.११ रुपैयाँ पुग्याे, नाफासहित अन्य सूचकमा आकर्षक वृद्धि

लगानी खबर, काठमाडाैँ - जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गरेको छ ।

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा संस्थाले १७ करोड ६६ लाख ९ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत वर्षकाे सोही अवधिको तुलनामा ३५.३९ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले १३ करोड ४ लाख ४६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो ।

पहिलो त्रैमाससम्म आइपुग्दा संस्थाले ३८ करोड ३४ लाख ९३ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । उक्त आम्दानी गत वर्षकाे यसै अवधिकाे तुलनामा ४४.२७ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा संस्थाले २६ करोड ५८ लाख २० हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको थियाे ।

समिक्षा अवधिमा संस्थाले १५ करोड ८३ लाख १४ हजार रुपैयाँ सञ्चालन नाफा कमाएकाे छ । गत वर्ष संस्था ३ कराेड ९६ लाख ८३ हजार रूपैयाँ सञ्चालन नाेक्सानमा रहेकाे छ । 

त्यसैगरी, संस्थाकाे प्रतिसेयर आम्दानी १ सय १६ रूपैयाँ ११ पैसा रहेकाे छ । संस्थाकाे प्रतिसेयर नेटवर्थ ३ सय ७१ रूपैयाँ ७७ पैसा रहेकाे छ । संस्थाको चुक्ता पूँजी ६० कराेड ४० लाख रूपैयाँ छ । संस्थाकाे जगेडा कोषमा १ अर्ब ४९ करोड ७१ लाख ५७ हजार रुपैयाँ सञ्चित छ ।

संस्थाकाे वित्तीय विवरण हेर्नुहाेस् : 

 

61934579834da.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।