Like us!
Follow us!

सेयर बजारमा फर्कियाे हरियाली, लगानीकर्ता उत्साहित

सेयर बजारमा फर्कियाे हरियाली, लगानीकर्ता उत्साहित

लगानी खबर, काठमाडाैँ - तिहारपछि लगातार करेक्सन भएकाे बजारमा साेमबार हरियाली देखिएकाे छ । सेयर बजारमा हरियाली फर्किँदा लगानीकर्ताहरू पनि उत्साहित छन् ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (साेमबार) सेयर कारोबार मापक नेप्से परिसूचक २६.४४ अंकले बढेर २७१५.३५ विन्दुमा पुगेकाे छ । नेप्से ०.९८ प्रतिशतले बढेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि ४.१० अंकले बढेर ५०६.५४ विन्दुमा पुगेकाे छ । 

कूल २२८ वटा कम्पनीकाे ८६ लाख ३६ हजार ६ सय ३६ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ७३ करोड ४६ लाख ५१ हजार ४ सय ४४ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहकाे सेयर बढेकाे छ ।

साेमबार बोटलर्स नेपाल तराई र मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । बोटलर्स नेपाल तराईकाे सेयरमूल्य १० प्रतिशतले बढेर १३ हजार ७ रूपैयाँ ५० पैसा पुगेकाे छ । मानुषी लघुवित्तकाे सेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता एक हजार एक सय २३ रूपैयाँ ६० पैसा पुगेकाे छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।