Like us!
Follow us!

गुराँस लाइफको नाफा घट्यो, प्रतिसेयर आम्दानी कति ?

गुराँस लाइफको नाफा घट्यो, प्रतिसेयर आम्दानी कति ?

लगानी खबर, काठमाडाैँ - गुराँस लाइफ इन्सुरेन्सले चालु आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार असोज मसान्त सम्ममा कम्पनीको खुद नाफा चार दशमलव १५ प्रतिशतले घटेर चार करोड नाै लाख ९९ हजार रुपैयाँ पुगेको छ ।

गत वर्षको सोही अवधिमा भने चार करोड २७ लाख ७२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा गुराँसको खुद बिमा शुल्क आर्जन पनि १० दशमलव ३० प्रतिशतले घटेर ८६ करोड ३३ लाख आठ हजार रुपैयाँ मात्र छ । जीवन बिमा कोषको आकार भने २७ दशकमलव ८७ प्रतिशतले बढेर १० अर्ब ८८ करोड १८ लाख ७७ हजार रुपैयाँ पुगेको छ ।

तीन महिनामा कम्पनीको जगेडा कोषमा सामान्य सुधार आएको छ । यस अवधिसम्ममा इन्सुरेन्सको चुक्ता पुँजी एक अर्ब ९७ करोड ५५ लाख ८५ हजार रुपैयाँ छ ।

१० मंसिरमा आयोजना हुने आर्थिक वर्ष २०७५/७६ को वार्षिक साधारणसभाले पाँच दशमलव ५० प्रतिशत बोनस सेयर परित गरेपछि कम्पनीको पुँजी दुई अर्ब आठ करोडभन्दा बढी हुनेछ । असोज मसान्तसम्ममा कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी आठ रुपैयाँ ३० पैसा र प्रतिसेयर नेटवर्थ १३२ रुपैयाँ २५ पैसा छ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।