Like us!
Follow us!

राष्ट्र बैंकले ११ अर्ब ८५ करोडको ट्रेजरी बिक्री गर्दै राष्ट्र बैंक

राष्ट्र बैंकले ११ अर्ब ८५ करोडको ट्रेजरी बिक्री गर्दै राष्ट्र बैंक

लगानी खबर, काठमाडाैँ - नेपाल राष्ट्र बैंकले ११ अर्ब ८५ करोड ५० लाख रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।  याे ट्रेजरी बिल आज (कार्तिक २९ गते, साेमबार) दिउँसो २ बजे बोलकबाेल भएर भाेलि कार्तिक ३० गते, मंगलबार बिक्री हुनेछ ।

बैंकले ९१ दिनकाे अवधिकाे लागि २ अर्ब रूपैयाँ बराबरकाे ट्रेजरी बिल बिक्री गर्न लागेकाे हाे । उक्त ट्रेजरी बिल फागुन ३ गते परिपक्क हुनेछ ।

त्यस्तै, बैंकले १८२ दिनकाे अवधिकाे लागि ९ अर्ब ८५ कराेड ५० लाख रूपैयाँ बराबरकाे ट्रेजरी बिल बिक्री गर्न लागेकाे हाे । उक्त ट्रेजरी बिल २०७९ साल जेठ ३ गते परिपक्क हुनेछ ।

सूचना हेर्नुहाेस् : 

6192073cd634f.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।