Like us!
Follow us!

चिलिमेको नाफामा गिरावट, अन्य सूचक कस्ताे छ ?

चिलिमेको नाफामा गिरावट, अन्य सूचक कस्ताे छ ?

लगानी खबर, काठमाडाैँ - चिलिमे जलविद्युत कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो तीन महिनाको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको विवरणअनुसार सो अवधिसम्ममा २० करोड ९८ लाख ६९ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा छ दशमलव ०१ प्रतिशतले थोरै हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २२ करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन मुनाफा पाँच दशमलव ४२ प्रतिशत घटेको छ भने वित्तीय आम्दानी १० दशमलव १७ प्रतिशत घटेको छ । तीन महिनामा कम्पनीले विद्युत बिक्रीबाट ३५ करोड १६ लाख ७८ हजार रुपैयाँ आम्दानी गरेको छ ।

जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा तीन दशमलव ३७ प्रतिशत घटी हो । विद्युत बिक्री आम्दानी घट्दा कम्पनीले नोक्सान व्यहोर्नु परेको हो ।

समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी १० प्रतिशत बढेको छ भने रिटेन्ड अर्निङ्ग १० दशमलव ९० प्रतिशत घटेको छ । असोज मसान्तसम्ममा कम्पनीको नाफासँगै प्रतिसेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी दुई रुपैयाँ २८ पैसा घटेको छ। असोज मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ १६३ रुपैयाँ ९२ पैसा रहेको छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।