Like us!
Follow us!

दुई लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

दुई लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

लगानी खबर, काठमाडाैँ - विभिन्न दुई वटा लघुवित्तको लाभांश सुरक्षित गर्ने आज (कार्तिक २९ गते, साेमबार) अन्तिम दिन रहेको छ । लक्ष्मी लघुवित्त वित्तिय संस्था र आरएसडिसी लघुवित्त वित्तीय संस्थाकाे लाभांश सुरक्षित गर्ने आज (कार्तिक २९ गते, साेमबार) अन्तिम दिन हाे ।

१. आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेड

संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि भोलि कार्तिक ३० गते एकदिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, आज कार्तिक २९ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

संस्थाको असोज १५ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७र७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२ प्रतिशत नगद लाभांश गरी कुल १०.५२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

संस्थाको कार्तिक १० गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार संस्थाको ८औँ वार्षिक साधारण सभा मंसिर १० गते, शुक्रबार एशियन होटल, कालिकानगर, बुटवल, रूपन्देहीमा बिहान ९ बजेदेखि सुरू हुनेछ ।  

२. लक्ष्मी लघुवित्त वित्तिय संस्था लिमिटेड

संस्थाले साधारण सभामा सहभागिता र लाभांश प्रयोजनका लागि कार्तिक भोलि ३० गते मंगलबारका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले आज कार्तिक २९ गते सोमबार सम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र साधारण सभामा सहभागि हुन र लाभांश प्राप्त गर्नेछन् ।

कम्पनीको सञ्चालक समिती बैठकले गत आर्थिक वर्ष २०७७र७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत गरी ७.३६८ प्रतिशत नगद गरी कुल २७.३६८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

संस्थाको कार्तिक १० गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार संस्थाको ८औँ वार्षिक साधारण सभा मंसिर १० गते, शुक्रबार एशियन होटल, कालिकानगर, बुटवल, रूपन्देहीमा बिहान ९ बजेदेखि सुरू हुनेछ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।