Like us!
Follow us!

छुट्ला है ! एक्सेल डेभलपमेन्ट बैंकको हकप्रदमा आवेदन दिने अन्तिम मौका आज

छुट्ला है ! एक्सेल डेभलपमेन्ट बैंकको हकप्रदमा आवेदन दिने अन्तिम मौका आज

लगानी खबर, काठमाडाैँ - एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको हकप्रद सेयरमा आवेदन दिने आज सोमबार अन्तिम दिन रहेको छ । बैंकले २५ असोजदेखि हाल कायम १० कित्ता सेयर बराबर नयाँ तीन कित्ता सेयरको अनुपातमा हकप्रद सेयर निस्काशन गरेको थियो । 

बैंकको हकप्रद सेयरको बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ । बैंकले एक सय रुपैयाँ अंकित दरका २४ करोड ३३ लाख ३६ हजार ३६७ रुपैयाँ बराबरको २४ लाख ३३ हजार ३६३.६७ कित्ता हकप्रद जारी गरेको छ । हकप्रद निष्काशनका लागि बैंकले १ असोजदेखि सेयर दाखिला खारेजी (बुकक्लोज) गरेको थियो । यसअनुसार नेप्सेमा ३१ भदौसम्म कारोबार भइ कायम सेयरधनीले मात्र सो हकप्रदमा आवेदन दिन पाउनेछन् ।

हकप्रदमा एनआईबीएल एस क्यापिटल तथा एक्सेल डेभलपमेन्ट बैंकका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरो सेयर सफ्टवेयर मार्फत आवेदन दिन सक्नेछन् । हाल चुक्ता पूँजी ८१ करोड ११ लाख २१ हजार २२४ रुपैयाँ रहेको बैंकको हकप्रद निस्कासनपछि १ अर्ब ५ करोड ४४ लाख ५७ हजार ५९२ रुपैयाँ पुग्नेछ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।