Like us!
Follow us!

ङादी ग्रुप पावरको हकप्रद बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल नियुक्त

ङादी ग्रुप पावरको हकप्रद बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल नियुक्त

लगानी खबर, काठमाडाैँ - ङादी ग्रुप पावर लिमिटेडले हकप्रद निष्कासनको लागि सिद्धार्थ क्यापिटल नक्साललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीकाे ३ असोजमा सम्पन्न आठौँ वार्षिक साधारण सभाबाट एक बराबर दुईको अनुपातमा हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित भएको हो । 

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट २० प्रतिशत बोनस सेयर वितरण पश्चात कायम हुने चुक्ता पुँजीको एक बराबर दुईको अनुपातमा हकप्रद सेयर निष्काशन गर्नेछ । कम्पनीले लमजुङस्थित सिउरी खोलामा पाँच मेगावाट क्षमताको जलविद्युत उत्पादन गरिहरेको छ ।

6190c2645cf1c.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।