Like us!
Follow us!

बुटवल पावरको नाफा ७ करोड ५८ लाख, प्रतिसेयर आम्दानी कति छ ?

बुटवल पावरको नाफा ७ करोड ५८ लाख, प्रतिसेयर आम्दानी कति छ ?

लगानी खबर, काठमाडाैँ - बुटवल पावर कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार असोज मसान्तसम्ममा कम्पनीले सात करोड ५८ लाख नाै हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

गत वर्षको सोही अवधिको तुलनामा खुद नाफा ४६ दशमलव १९ प्रतिशतले बढेको हो । गत वर्ष भने यसले पाँच करोड १८ लाख ५७ हजार रुपैयाँ मात्र खुद नाफा गरेको थियो ।

विद्युत् बिक्रीबाट २० करोड ७६ लाख रुपैयाँ पुगेको छ । कम्पनीले गत वर्षको सोही अवधिमा १९ करोड तीन लाख रुपैयाँ आम्दानी गरेको थियो । समीक्षा अवधिमा कम्पनीको ब्याज आम्दानी ६८ लाख ७७ हजार रुपैयाँबाट बढेर दुई करोड ६१ लाख चार हजार रुपैयाँ पुगेको छ ।

असोज मसान्तसम्ममा इक्विटी सेयर पुँजी दुई अर्ब ९५ करोड १३ लाख ६१ हजार रुपैयाँ र अन्य इक्विटी चार अर्ब १३ करोड ३८ लाख ३९ हजार रुपैयाँ छ । समीक्षा अवधिसम्ममा प्रतिसेयर आम्दानी दुई रुपैयाँ ५७ पैसा र प्रतिसेयर नेटवर्थ २४० रुपैयाँ सात पैसा छ । अघिल्लो वर्ष सोही अवधिसम्म बुटवल पावरको प्रतिसेयर आम्दानी एक रुपैयाँ ९३ पैसा थियो भने प्रतिसेयर नेटवर्थ २६३ रुपैयाँ ८३ पैसा थियो ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।