Like us!
Follow us!

लुम्बिनी विकास बैंकको लाभांश परिमार्जन, अब कति ?

लुम्बिनी विकास बैंकको लाभांश परिमार्जन, अब कति ?

लगानी खबर, काठमाडाैँ - लुम्बिनी विकास बैंक लिमिटेडकाे लाभांश परिमार्जन भएकाे छ ।  नेपाल राष्ट्र बैंककाे निर्देशन अनुसार बैंकले नगद घटाएर बाेनस बढाएकाे हाे । 

अब बैंकले १३ प्रतिशत बाेनस सेयर र कर प्रयाेजनका लागि ०.६८४२ प्रतिशत नगद गरी कुल १३.६८४२ प्रतिशत लाभांश वितरण गर्नेछ । यसअघि बैंकको कार्तिक ८ गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ३.७१२ प्रतिशत नगद गरी कुल १३.७१२ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे थियाे ।

सूचना हेर्नुहाेस् : 

6190931da7061.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।