Like us!
Follow us!

नेप्सेमा प्रभु बैंककाे कारोबार फुकुवा

नेप्सेमा प्रभु बैंककाे कारोबार फुकुवा

लगानी खबर, काठमाडाैँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले प्रभु बैंक लिमिटेडकाे काराेबार फुकुवा गरेकाे छ । बैंकले नेप्सेलाई स्पष्टिकरण बुझाएसँगै नेप्सेले बैंकको कारोबार फुकुवा गरेको हो ।

बैंकले नेप्सेलाई आगामी दिनमा कारोबार समयमा सञ्चालक समितिको बैठक बसी लाभांश सम्बन्धि निर्णय नगरिने प्रतिवद्धता व्यक्त गरेको छ ।

यसअघि बैंककाे सञ्चालक समितिकाे बैठक काराेबार समयमा बसी लाभांश घाेषणा गरेकाे हुनाले यस विषयमा के भएको हो र बैंकको भनाई के छ भन्ने विषय उल्लेख गरि स्पष्टिकरण पेश गर्न निर्देशन दिँदै नेप्सेले बैंककाे काराेबार राेक्का गरेकाे थियाे । 

सूचना हेर्नुहाेस् : 

618e1d5aebc0a.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।