लगानी खबर, काठमाडाैँ - नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुकक्लोज मिति ताेकेको छ ।
बैंकले साधारण सभामा सहभागी हुने र लाभांश वितरण गर्ने प्रयाेजनका लागि मंसिर ६ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, मंसिर ५ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र साधारण सभामा सहभागी हुन र १६ प्रतिशत लाभांश लाभांश प्राप्त गर्न सक्नेछन् ।
बैंकको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार बैंकको ३५ औँ वार्षिक साधारण सभा मंसिर १७ गते दरबारमार्ग, काठमाडौँस्थित आफ्नो केन्द्रिय कार्यालयमा बिहान ११ बजेदेखि भर्चुअल माध्यमबाट सुरू हुनेछ ।
सभाले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १२.६१ प्रतिशत बोनस शेयर तथा सोको कर प्रयोजनार्थसहित गरी ३.३८९ नगद गरि कुल १६ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।