लगानी खबर, काठमाडाैँ - माउन्टेन इनर्जी नेपाल लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । कम्पनीले गत वर्ष कात्तिक २६ गते, बुधबारदेखि मंसिर ३ गते, बुधबारसम्म प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा १९ लाख ६८ हजार २७ कित्ता आईपीओ निष्कासन गरेको थियाे ।
चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा कम्पनीले २९ करोड ३५ लाख ८ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ७८५.८२ प्रतिशतले धेरै हाे । गत वर्षको यसै अवधिमा कम्पनीले ३ करोड ३१ लाख ३४ हजार रूपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो।
कम्पनीकाे विद्युत बिक्रीबाट हुने आम्दानी पनि बढेर ३८ करोड ७१ लाख ५७ हजार रुपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ४ करोड ९३ लाख ५७ हजार रुपैयाँ मात्र आम्दानी गरेको थियो ।
कम्पनीको चुक्ता पुँजी १ अर्ब ९६ करोड ८० लाख रुपैयाँ रहेको छ । कम्पनीकाे प्रतिसेयर आम्दानी ( ईपीएस) २ रुपैयाँ १० पैसाबाट बढेर १४ रुपैयाँ ९१ पैसा पुगेको छ । कम्पनीकाे प्रतिसेयर नेटवर्थ १३५ रुपैयाँ ७९ पैसा रहेकाे छ ।
वित्तीय विवरण हेर्नुहाेस् :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।