नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (बिहीबारं) दुई कम्पनीको सेयर सूचिकृत भएको छ ।
स्टकका अनुसार इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपाल एग्रो लघुवित्तलाई १ः०.९८ को अनुपातमा प्राप्ति गर्दा कायम हुन आएको प्रति सेयर अंकित तथा चुक्ता मूल्य एक सय रूपैयाँ दरको ६ लाख ३९ हजार ५ सय ३५ दशमलव २२ कित्ता सेयर धितोपत्र सूचिकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा कारोबार हुन सक्ने गरी सूचिकृत भएको हो ।
त्यस्तै हाइड्राइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) ७ करोड ७० लाख कित्ता हकप्रद सेयर पनि आजै नेप्सेमा सूचिकृत भएको हो ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।