लगानी खबर, काठमाडाैँ - सेयर बजारको ओरालो यात्रामा निरन्तरता देखिएकाे छ । बिहीबार पनि नेप्से परिसूचक सँगसँगै काराेबार रकम पनि घटेकाे छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बिहीबार) सेयर कारोबार मापक नेप्से परिसूचक ५९.५७ अंकले घटेर २६९०.२९ विन्दुमा झरेकाे छ । नेप्से २.१७ प्रतिशतले घटेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि १०.६३ अंकले घटेर ५०२.१९ विन्दुमा झरेको छ । कूल २२५ वटा कम्पनीकाे ९४ लाख ७५ हजार ९ सय ३६ कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ११ करोड ९६ लाख २ हजार ५ सय ४० रूपैयाँ बराबरको कारोबार भएकाे छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहकाे सेयर घटेको छ ।
त्यसैगरी, आज मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । कम्पनीकाे सेयरमूल्य १० प्रतिशतले बढेर ९ सय २८ रूपैयाँ ७० पैसा पुगेकाे छ । तेह्रथुम पावर कम्पनी लिमिटेडकाे सेयरमूल्य पनि ९.९९ प्रतिशतले बढेकाे छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।