Like us!
Follow us!

यसकारण नेप्सेले माग्याे प्रभु बैंकसँग ७ दिने स्पष्टिकरण

यसकारण नेप्सेले माग्याे प्रभु बैंकसँग ७ दिने स्पष्टिकरण

लगानी खबर, काठमाडाैँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले प्रभु बैंक लिमिटेडसँग ७ दिने स्पष्टिकरण मागेकाे छ । नेप्सेले बैंककाे काराेबार पनि राेक्का गरेकाे छ ।

धितोपत्र सूचीकरण विनियमावली, २०७५ को धितोपत्र सूचीकरण सम्बन्धि सम्झौता बुदाँ नं. ५ मा भएको व्यवस्था अनुसार तत्काल वा भोलि पल्ट वा कारोबार समय शुरु हुनु अघि जानकारी गराउनु पर्ने व्यवस्था रहेकोमा त्यस कम्पनीले लाभांशको वितरण गर्ने निर्णय सोही दिन गराएता पनि कारोबार समय खुल्नु अघि सोही विनियमावलीको २२ (१) बमोजिम जानकारी नगराएको र सोही दिन कारोबार समय दिउँसो १:०० बजे देखि ३:०० बजे सम्ममा बैंठक बसी धितोपत्रको कारोबार तथा मूल्यसँग सम्बन्धित संवेदनशिल सूचना तथा जानकारी सर्वसाधारणलाई सूचनाको पहुँचबाट सो कम्पनीका पदाधिकारीबाट बञ्चित गराई धितोपत्रको मूल्यमा प्रभाव पारेकोले धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम १६५ १)(ख) मा भएको व्यवस्था अनुसार त्यस कम्पनीको धितोपत्रको कारोबार रोक्का गरिएको नेप्सेले जनाएकाे छ । 

के कति कारणले कारोबार समयमा कम्पनीको सञ्चालक समितिको बैठक बसी लाभांश घोषणा गरेको हो ? यस सम्बन्धमा यो पत्रका मितिले ७ (सात) दिन भित्रमा स्पष्टिकरण पेश गर्न नेप्सेले अनुराेध गरेकाे छ ।

सूचना हेर्नुहाेस् :

618cc0cd3182f.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।