Like us!
Follow us!

बिफिनले डाक्यो साधारण सभा, यस्ता छन् पारित हुने एजेन्डा

बिफिनले डाक्यो साधारण सभा, यस्ता छन् पारित हुने एजेन्डा

लगानी खबर, काठमाडाैँ - बैंकिङ्ग फाईनान्स एण्ड इन्स्योरेन्स इन्ष्टिच्यूट अफ नेपाल लिमिटेड (बिफिन) ले वार्षिक साधारण सभा आह्वान गरेकाे छ ।

कम्पनीकाे कार्तिक १४ गते बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे तेश्राे वार्षिक साधारण सभा हाेटल एलफ्ट, ठमेल, काठमाडाैँमा अपरान्ह ३ बजेबाट सुरू हुनेछ ।

सभामा आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७७/७८ को वासलात, विस्तृत नाफा नोक्सान हिसाब, नगद प्रवाहको विवरण, पूँजीमा भएको परिवर्तन लगायत तत्सम्बन्धी सम्पूर्ण अनुसुचीहरु उपर छलफल गरि पारित गर्ने, कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०७८/७९ को लागि कम्पनीको लेखापरिक्षण समितिको सिफारिस बमोजिम बाहृय लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्तावहरू पारित गरिनेछ ।

त्यसैगरी, सभाकाे विशेष प्रस्ताव अन्तर्गत संस्थाको प्रबन्धपत्रको दफा ४(१) कम्पनीको उदेश्य अन्तर्गत खण्ड “ण” मा स्वदेशी तथा विदेशी विश्वविद्यालयसँग सम्बन्धन (Affiliation) प्राप्त गरी नियामक निकायवाट स्विकृती समेत लिई उच्च शिक्षा (PhD), स्नातकोत्तर (Masters) र Diploma /Certificate स्तरका शैक्षीक कार्यक्रमहरु संचालन, संयोजन तथा सहजीकरण गर्ने" भन्ने उदेश्य थप गर्ने सम्बन्धमा छलफल गरी अनुमोदन गरिनेछ ।

सूचना हेर्नुहाेस् :

618b5ea4c47cb.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।