Like us!
Follow us!

आरटीजीएस प्रणाली बुधबार र शनिबार पनि खुल्ने

आरटीजीएस प्रणाली बुधबार र शनिबार पनि खुल्ने

लगानी खबर, काठमाडाैँ - नेपाल राष्ट्र बैंकले रियल टायम ग्रस सेटल्मेन्ट (आरटीजीएस) प्रणाली बुधबार र आउँदो शनिबार पनि सञ्चालन गर्ने भएकाे छ ।

केन्द्रीय बैंकले सूचना जारी गर्दै विकास ऋणपत्र २०७८ ‘ङ’ र शनिबार विकास ऋणपत्र २०८५ ‘ख’ को ब्याज भुक्तानी प्रयोजनका लागि बैंक तथा वित्तीय संस्थालाई आरटीजीएस प्रणाली सञ्चालन राख्न निर्देशन दिएको हो । 

राष्ट्र बैंकले दुबै दिन बिहान १० बजेदेखि १२ बजेसम्म आरटीजीएस प्रणाली सञ्चालन हुने राष्ट्र बैंकद्वारा जारी सूचनामा उल्लेख छ । आरटीजीएस प्रणालीमार्फत एक बैंकका ग्राहकले आवश्यकताअनुसार अर्को बैंकमा भुक्तानी कारोबार फर्छ्याै गर्न सक्नेछन् ।

यस प्रणालीबाट चेक नकाटी सीधै एक बैंकको खाताबाट अर्को बैंकको खातामा भुक्तानी गर्न सकिन्छ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।