Like us!
Follow us!

यी ३ लघुवित्तको आइपिओ आउँदै, हेर्नुस् कुनको कति कित्ता ?

यी ३ लघुवित्तको आइपिओ आउँदै, हेर्नुस् कुनको कति कित्ता ?

लगानी खबर, काठमाडौँ - विभिन्न ३ वटा लघुवित्तहरू साधारण शेयर (आइपिओ) निष्कासन गर्ने तयारीमा जुटेका छन् । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड, उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड र महिला लघुवित्त वित्तीय संस्था लिमिटेड साधारण शेयर (आइपिओ) निष्कासन गर्ने तयारीमा जुटेका हुन् ।

मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले ३ करोड रुपैयाँ बराबरकाे प्रति शेयर एक सय रूपैयाँ अंकित मूल्य दरका ३ लाख कित्ता साधारण शेयर (आइपिओ) निष्कासन गर्न लागेको हो । संस्थाले आइपिओ निष्कासन तथा बिक्रीका लागि नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिसकेकाे छ ।

यसैगरी, उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले एक करोड २६ लाख रूपैयाँ बराबरकाे प्रति शेयर एक सय रूपैयाँ अंकित मूल्य दरका १ लाख २६ हजार कित्ता साधारण शेयर (आइपिओ) निष्कासन गर्न लागेको हो । संस्थाकाे आइपिओ निष्कासन तथा बिक्री प्रबन्धकमा पनि नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड नियुक्त भइसकेकाे छ ।

त्यसैगरी, महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले चार करोड रूपैयाँ बराबरकाे प्रति शेयर एक सय रूपैयाँ अंकित मूल्य दरका ४ लाख कित्ता साधारण शेयर (आइपिओ) निष्कासन गर्न लागेको हो । संस्थाले पनि आइपिओ निष्कासन तथा बिक्रीकाे जिम्मा नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडलाई दिएकाे छ ।

त्यस्तै, यी तीनै वटा संस्थाहरूले हालसम्म नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा भने निवेदन दिएका छैनन् । सेबाेनमा निवेदन दिएर त्यहाँबाट अनुमति पाए पश्चात आइपिओ निष्कासनकाे प्रकृया अघि बढ्नेछ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।