Like us!
Follow us!

प्राइम कमर्सियल बैंकले गर्याे लाभांश घोषणा, बाेनस कति ?

प्राइम कमर्सियल बैंकले गर्याे लाभांश घोषणा, बाेनस कति ?

लगानी खबर, काठमाडाैँ - प्राइम कमर्सियल बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ  ।

बैंकको कार्तिक २२ गते, सोमबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १६ प्रतिशत बोनस सेयर र ०.६३१३ प्रतिशत का दरले (अघिल्ला वर्षका लाभाँशमा कर तिर्नु पर्ने तर असूल हुन छुटेका तथा यस वर्ष कर तिर्नु पर्ने शेयरधनीहरुको कर रकममा मिलान गर्ने प्रयोजनार्थ) नगद लाभांश वितरणको प्रस्ताव गरिएको छ । 

उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकको स्विकृत भई र बैंकको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ  ।

सूचना हेर्नुहाेस् : 

61892ef94f570.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।