Like us!
Follow us!

यसकारण आज उपत्यकाकाे यी ठाउँमा दिनभर बत्ती जाँदै

यसकारण आज उपत्यकाकाे यी ठाउँमा दिनभर बत्ती जाँदै

लगानी खबर, काठमाडौँ - आज (शनिबार) काठमाडौं उपत्यकाकाे विभिन्न ठाउँमा बत्ती जाने भएको छ ।  

कुलेश्वर वितरण केन्द्र अन्तर्गत बालाजु–स्वयम्भु फिडरबाट वितरीत लाइनकाे आपुर्ती बन्द हुने भएकाे हाे । चक्रपथ विस्तार कार्यक्रम अन्तर्गत विद्युतिय संरचना स्थानान्तरण, एच टी लाइनको कन्डक्टर बदली तथा केबल हेड मर्मत गर्नुपर्ने भएकाले यस फिडर अन्तर्गतका स्वयम्भु, अजिमा हल, भगवान पाउँ, सानो भर्याङ्ग, ठुलो भर्याङ्ग, इचङ्गु, हलचोक लगायतका क्षेत्रहरुमा बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म बत्ती जाने भएको नेपाल विद्युत प्राधिकरणले जानकारी दिएकाे हाे ।

यसैगरी, पुल्चोक वितरण केन्द्रको टेकु–पुल्चोक फिडरबाट वितरीत ११ के भी लाइनमा नयाँ फिडर विस्तार कार्य गर्नुपर्ने भएकोले यस फिडर अन्तर्गतका धोविघाट, नयाँ बाटो, मेघा हस्पिटल, पट्टीपा चोक, सिद्धार्थ कटेज ढुङ्गेधारा लगायतका क्षेत्रहरुमा बिहान १० बजेबाट साँझ ५ बजेसम्म बत्ती जाने भएको पनि प्राधिकरणले बताएकाे छ ।

त्यस्तै,बालाजु वितरण केन्द्रको विष्णुमती फिडरअन्तर्गत पर्ने काठमाडौ‌ँ महानगरपालिका वडा न‌ं. १५ र १६ को चक्रपथ क्षेत्रमा विद्युतिय संरचना स्थानान्तरण कार्य गर्नका लागि यस फिडर अन्तर्गतका वनस्थलि, ग‌ंगाहल, माछापोखरी, बालाजु बाइपास, बसन्तनगर, न्यायिक प्रतिष्ठान, मनमैजु, लोकतान्त्रिक चोक, इन्द्रायणी पुल लगायतका क्षेत्रहरुमा बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म बत्ती जानेछ ।

त्यसैगरी, काम निर्धारित समय अगावै सकियाे भने ताेकिएकाे समयभन्दा अगाडि नै बत्ती आउनसक्ने समेत प्राधिकरणले जनाएको छ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।