Like us!
Follow us!

भारतीय प्रधानमन्त्री मोदी विश्वकै लोकप्रिय नेता : सर्वेक्षण

भारतीय प्रधानमन्त्री मोदी विश्वकै लोकप्रिय नेता : सर्वेक्षण

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विश्वकै लोकप्रिय नेता चुनिएका छन् । अमेरिकाको द मर्निङ कन्सल्टले गरेको एउटा सर्वेक्षणमा मोदी विश्वका अन्य नेताभन्दा बढी लोकप्रिय देखिएका हुन् । अमेरिकी राष्ट्रपति जो बाइडेन र बेलायतका प्रधानमन्त्री बोरिस जोनसनसहित विश्वका १३ राष्ट्रप्रमुखलाई पछि पार्दै मोदी लोकप्रिय नेता चुनिएका हुन् । 

विश्वका वयस्क मानिसहरुबीच गरिएको सो सर्वेक्षणमा मोदीलाई ७० प्रतिशतले मन पराएका छन् । सर्वेक्षणमा मोदीपछि मेक्सिकोका राष्ट्रपति लोपेज ओब्रदर लोकप्रिय देखिएका छन् । उनको एप्रोभल रेटिङ ६६ प्रतिशत छ । 

एप्रोभल रेटिङमा इटालीका प्रधानमन्त्री मारियो द्राघी, जर्मन चान्सलर एन्जेला मर्केल र अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन क्रमशः तेस्रो, चौथो र पाँचौं स्थानमा छन् भने  अमेरिकी राष्ट्रपति जो बाइडेन छैटौं स्थानमा छन् । बाइडेनलाई ४४ प्रतिशतले समर्थन जनाएका छन् ।

सर्वेक्षणअनुसार क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोलाई ४३ प्रतिशत र जापानी प्रधानमन्त्री योशिहिदे सुगालाई ४२ प्रतिशले समर्थन जनाएका छन् । 

समेतलाई मोदीले पछि पारेका हुन् । मोदीले ७० प्रतिशत मत पाउँदा बाइडेनले ४४ प्रतिशत पाएका छन् । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।