Like us!
Follow us!

आईपीओ निष्कासनकाे अनुमति माग्दै सेबाेनमा पुगे थप २ कम्पनी

आईपीओ निष्कासनकाे अनुमति माग्दै सेबाेनमा पुगे थप २ कम्पनी

लगानी खबर, काठमाडाैँ - थप २ वटा कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबाेन) मा निवेदन पेश गरेका छन् ।

१. श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेड

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४७ करोड ७९ लाख रूपैयाँ बराबरकाे ४७ लाख ७९ हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि कार्तिक १० गते सेबाेनमा निवेदन पेश गरेकाे हाे । कम्पनीकाे उक्त साधारण सेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटल लिमिटेडले गर्नेछ ।

२. मन्दाकिनी हाइड्रोपावर कम्पनी लिमिटेड

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १७ कराेड ६४ लाख ११ हजार रूपैयाँ बराबरकाे १७ लाख ६४ हजार १ सय १० कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि कार्तिक १४ सेबाेनमा निवेदन पेश गरेकाे हाे । कम्पनीकाे उक्त साधारण सेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम बीओके क्यापिटल मार्केट लिमिटेडले गर्नेछ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।