लगानी खबर, काठमाडाैँ - तिहार बिदा अघिकाे अन्तिम काराेबार दिन आज (बुधबार) नेप्से परिसूचक बढ्दा सेन्सेटिभ परिसूचक घटेकाे छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक ५.२२ अंकले बढेर २८४८.८४ विन्दुमा पुगेकाे छ । नेप्से ०.१८ प्रतिशतले बढेकाे हो । यता, सेन्सेटिभ परिसूचक भने ०.५२ अंकले घटेर ५३०.८९ विन्दुमा पुगेकाे छ ।
कूल २२९ वटा कम्पनीकाे ९९ लाख ९५ हजार ५ सय २२ कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब ५५ करोड ३० लाख ५९ हजार एक सय ५२ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।
स्टकका अनुसार काराेबार भएका १३ उपसमूहमध्ये ५ वटा उपसमूहकाे सेयर घटेकाे छ भने बाँकी ८ वटा उपसमूहकाे सेयर बढेकाे छ ।
आज नबिल बैंक लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । बैंककाे १ अर्ब १७ कराेड ९७ लाख ८६ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।
यस दिन महालक्ष्मी विकास बैंक लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । यसका साथै, साहास उर्जा कम्पनी लिमिटेड र आईसीएफसी फाइनान्स कमपनी लिमिटेडकाे सेयरमूल्य पनि ९.९९ प्रतिशतले बढेकाे छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।