लगानी खबर, काठमाडाैँ - आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले देउराली लघुवित्त वित्तीय संस्थालाई एक्वायर गरी ३० कात्तिकबाट एकीकृत कारोबार सुरु गर्ने भएको छ ।
राष्ट्र बैंकले देउरालीलाई १ः० दशमलव ८४ सेयर स्वाप अनुपातमा एक्वायर गर्न आरम्भ चौतारीलाई अन्तिम स्वीकृति दिएसँगै कारोबार सुरु गर्ने भएको हो ।
एकीकृत कारोबार आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको नामबाट हुनेछ । दुवै संस्थालाई एकीकृत कारोबार गर्न केन्द्रीय बैंकले १ कात्तिकमा अन्तिम स्वीकृत दिएको थियो ।
सूचना हेर्नुहाेस् :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।