Like us!
Follow us!

कालिका लघुवित्तले तीन महिनामा कमायो चार करोड ८० लाख रुपैयाँ नाफा, ईपीएस कति ?

कालिका लघुवित्तले तीन महिनामा कमायो चार करोड ८० लाख रुपैयाँ नाफा, ईपीएस कति ?

लगानी खबर, काठमाडाैँ - कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । लघुवित्तले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तले चार करोड ८० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तको खुद नाफा ४१ लाख ८८ हजार रुपैयाँ ऋणात्मक रहेको थियो । यसको खुद ब्याज आम्दानी २० दशमलव १९ प्रतिशतले बढेर सात करोड ६३ लाख ५७ हजार रुपैयाँ पुगेको छ । अहिले दुई करोड ५९ लाख २८ हजार रुपैयाँ सञ्चालन नाफा गरेको छ । गत वर्ष सञ्चालनमा एक करोड १४ लाख ८४ हजार रुपैयाँ नोक्सान भएको थियो । 

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पुँजी १० प्रतिशत बढेको छ भने जगेडा कोष ३० दशमलव ७८ प्रतिशत बढेको छ । त्यस्तै, लघुवित्तले यस अवधिसम्ममा पाँच करोड दुई लाख रुपैयाँ खराब कर्जा उठाउन सफल भएको छ । त्यसैगरी, लघुवित्तको निक्षेप १८ दशमलव ०९ प्रतिशत र कर्जा ३९ दशमलव ८६ प्रतिशत बढेको छ ।

त्यस्तै, लघुवित्तको समीक्षा अवधिमा सापटी २५ दशमलव ६० प्रतिशत बढेको छ । तीन महिनामा नाफा बढेसँगै लघुवित्तको प्रतिसेयर आम्दानी पनि बढेको छ । यस त्रैमाससम्म लघुवित्तको वार्षिक प्रतिसेयर आम्दानी ६९ रुपैयाँ २० पैसा रहेको छ । यसको प्रतिसेयर नेटवर्थ १६९ रुपैयाँ ८९ पैसा छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।