Like us!
Follow us!

अरुण काबेलीकाे हकप्रदलाई बिक्री प्रबन्धक नियुक्त

अरुण काबेलीकाे हकप्रदलाई बिक्री प्रबन्धक नियुक्त

लगानी खबर, काठमाडाैँ - अरुण काबेली पावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासनका लागि बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने प्रयाेजनका लागि कम्पनीले नबिल इनभेष्टमेण्ट बैंकिङ्ग लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेकाे हाे ।

कम्पनीकाे भाद्र २६ मा सम्पन्न भएकाे एघारौं वार्षिक साधारण सभाबाट बोनस वितरण गरेपश्चात कायम हुन आउने चुक्ता पूँजीको १:१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरिसकेकाे छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।