लगानी खबर, काठमाडाैँ - नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासनका लागि रेटिङ सम्पन्न गरेको छ ।
कम्पनीको हकप्रदलाई रेटिङ एजेन्सी इक्रा नेपालले इक्रा एनपि आइआर डबल एए माइनस रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङले कम्पनीसँग समयमै वित्तीय दायीत्व पुरा गर्न सक्ने उच्च क्षमता रहेको जनाउँछ ।
रेटिङ प्रकृया सम्पन्न भएसँगै अब कम्पनीले हकप्रद निष्कासन गर्ने प्रकृया अघि बढाउनेछ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।