लगानीखबर, काठमांडौ- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (मंगलबार) विभिन्न ४ वटा कम्पनीको सेयर सूचिकृत भएको छ ।
स्टकका अनुसार महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको २० प्रतिशत बोनस बापतको ३ लाख ७३ हजार २ सय ४० कित्ता सेयर सूचिकृत भएको हो ।
यस्तै, उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको १७.८१ प्रतिशत बोनस बापतको २ लाख ६६ हजार ३ सय ३० दशमलव ५६ कित्ता सेयर सूचिकृत भएको हो ।
यसका साथै, जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको ४९.४० प्रतिशत बोनस बापतको ३ लाख ९१ हजार २ सय ४८ कित्ता सेयर सूचिकृत भएको हो ।
त्यसैगरी, नेको इन्स्योरेन्स कम्पनी लिमिटेडको १५।५० प्रतिशत बोनस बापतको २० लाख ४२ हजार १९ दशमलव ३० कित्ता सेयर सूचिकृत भएको हो ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।