Like us!
Follow us!

७९.९७ प्रतिशतले घट्याे मल्टीपर्पस फाइनान्सकाे नाफा, अन्य सूचक कस्ता छन् ?

७९.९७ प्रतिशतले घट्याे मल्टीपर्पस फाइनान्सकाे नाफा, अन्य सूचक कस्ता छन् ?

लगानी खबर, काठमाडाैँ - मल्टीपर्पस फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलाे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । 

उक्त विवरण अनुसार पहिलाे त्रैमाससम्म आइपुग्दा फाइनान्सले २ लाख १३ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरेकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे यसै अवधिकाे तुलनामा ७९.९७ प्रतिशतले थाेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा फाइनान्सले १० लाख ६८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियाे ।

पहिलाे त्रैमाससम्म आइपुग्दा फाइनान्सले खुद व्याज आम्दानी भने बढाएर ५० लाख ८८ हजार रूपैयाँ पुर्याएकाे छ । उक्त व्याज आम्दानी गत आर्थिक वर्षकाे यसै अवधिकाे तुलनामा १९६.८६ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा फाइनान्सले १७ लाख १४ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो । 

त्यसैगरी, फाइनान्सकाे चुक्ता पुँजी ४० करोड रुपैयाँ, प्रतिसेयर आम्दानी २१ पैसा र प्रतिसेयर नेटवर्थ १२१ रुपैयाँ ३२ पैसा रहेकाे छ ।

कम्पनीकाे वित्तीय विवरण हेर्नुहाेस् :

6180c8e8e3964.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।