Like us!
Follow us!

लक्ष्मी लघुवित्तको साधारण सभा १० मंसिरमा, लाभांश प्रस्ताव मुख्य एजेन्डा

लक्ष्मी लघुवित्तको साधारण सभा १० मंसिरमा, लाभांश प्रस्ताव मुख्य एजेन्डा

लगानी खबर, काठमाडाैँ - लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले १० मंसिरमा साधारण सभा बोलाएको छ । संस्थाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न अग्रवाल भवन, कमलपोखरीमा १०औँ  वार्षिक साधारण सभा आह्वान गरेकाे हो ।

सभामा चुक्ता पुँजीको २० प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनका लागि सात दशमलव ३७ प्रतिशत नगद लाभांश गरी कुल २७ दशमलव ३७ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव छ । प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, अन्य कुनै वित्तीयलाई एक्वायर गर्नेसम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेलगायतका एजेन्डा छन् । 

त्यसैगरी, साधारण सभा प्रयोजनका लागि लघुवित्तले ३० कात्तिकमा बुकक्लोज गर्ने भएको छ । यसअनुसार २९ कात्तिकसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीले मात्रै लघुवित्तको साधारणसभामा सहभागिता जनाउन तथा लाभांश पाउन सक्नेछन्।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।