Like us!
Follow us!

समता घरेलु लघुवित्तकाे लाभांश घाेषणा, बोनस कति ?

समता घरेलु लघुवित्तकाे लाभांश घाेषणा, बोनस कति ?

लगानी खबर, काठमाडाैँ - समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ  ।

संस्थाकाे आज कार्तिक १५ गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ५ प्रतिशत नगद गरी कुल २५ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे हाे ।

उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्विकृत भई र संस्थाको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ  ।

सूचना हेर्नुहाेस् :

617fc2a4cfe1e.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।