Like us!
Follow us!

१० वर्षमा थप ४० लाख नेपालीले पाए रोजगारी : विश्व बैंक

१० वर्षमा थप ४० लाख नेपालीले पाए रोजगारी : विश्व बैंक

लगानी खबर, काठमाडौँ – विगत १० वर्षको अवधिमा नेपालमा थप ४० लाख मानिसले रोजगारी पाएका विश्व बैंकले बताएकाे छ । विश्व बैंकले हालैमात्र सार्वजनिक गरेको ‘नेपाल जब डाइग्नोस्टिक’ काे रिपाेर्टमा सन् २००८ देखि २०१८ को अवधिमा नेपालमा थप ४० लाखजनाले रोजगारी पाएका तथ्यांक उल्लेख गरिएकाे छ ।

अधिकांश रोजगारी ज्यालादारीमा सीमित रहेको बताउँदै  कामदारहरुको क्षमताको सदुपयोग हुन नसकेको विश्व बैंकले जनाएकाे छ । कोभिड १९ को रिकभरी अवधिमा यस्तो गुणस्तरीय र स्थिर रोजगारीको आवश्यकता झन बढेर जाने समेत  विश्व बैंकले बताएकाे छ । कृषिमा आधारित रहेको अर्थतन्त्र आधुनिक सेवामा आधारित हुँदै गएको पनि उक्त रिपाेर्टमा उल्लेख छ ।

त्यस्तै, श्रमशक्ति सर्वेक्षण र अन्य नेपालका आर्थिक सर्वेक्षणहरूका अनुसार नेपालको श्रम बजारको प्रतिफल विस्तारित भएको पनि बताइएकाे छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।