Like us!
Follow us!

लक्ष्मी बैंकको खुद नाफा बढ्याे, प्रतिसेयर आम्दानी कति ?

लक्ष्मी बैंकको खुद नाफा बढ्याे, प्रतिसेयर आम्दानी कति ?

लगानी खबर, काठमाडाैँ - चालू आर्थिक वर्षको पहिलो त्रैमासमा लक्ष्मी बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म गत वर्षभन्दा ७६ दशमलव ९९ प्रतिशत बढी खुद नाफा गरेको छ । गत आर्थिक वर्ष ३१ करोड २३ लाख ७२ हजार रुपैयाँ खुद नाफा गरेको बैंकले यस वर्ष ५५ करोड २८ लाख ७० हजार रुपैयाँ नाफा गरेको हो । 

यस्तै, हालसम्म वितरणयोग्य नाफा दुई अर्ब ३ करोड रुपैयाँभन्दा धेरै रहेको छ । लक्ष्मीको खुद ब्याज आम्दानी १६ दशमलव ९७ प्रतिशत र सञ्चालन नाफामा ७२ दशमलव ५९ प्रतिशतकोसुधार आएपछि खुद नाफामा वृद्धि भएको हो । 
 
बैंकको निक्षेप संकलन १६ दशमलव ५७ प्रतिशतले वृद्धि भएको छ भने कर्जा लगानी ३१ दशमलव ०४ प्रतिशतले वृद्धि भएको छ । असोज मसान्तसम्म बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ । गत आर्थिक वर्षको भन्दा सात रुपैयाँ ९५ पैसाले बढेर प्रतिसेयर आम्दानी अहिले २० रुपैयाँ ६८ पैसा पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १५६ रुपैयाँ ७४ पैसा छ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।