Like us!
Follow us!

यसकारण ब्रोकर नम्बर ४० सँग नेप्सेले माग्याे स्पष्टिकरण

यसकारण ब्रोकर नम्बर ४० सँग नेप्सेले माग्याे स्पष्टिकरण

लगानी खबर, काठमाडाैँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले क्रियटिभ सेक्युरिटिज प्राइभेट लिमिटेड अर्थात् ब्राेकर नम्बर (४०) सँग ३ दिने स्पष्टिकरण मागेकाे छ । 

नेप्सेले असाेज १० गतेकाे प. सं. ८६/०७७/७८ बमोजिम स्वरोजगार लघुवित्त वित्तिय संस्था लिमिटेडको संस्थापक सेयर कारोबार गर्न स्वीकृति माग गरिएकोमा यस ब्राेकरबाट स्वीकृति नलिई कारोबार गरेको हुँदा उक्त सम्बन्धमा सात कार्य दिन भित्र नेप्सेमा जवाफ पेश गर्न धितोपत्र सदस्यता तथा कारोबार विनियमावली, २०५५ को विनियम (११) (२) (३) बमोजिम निर्देशन दिईएकोमा आजको मितिसम्म जवाफ प्राप्त नभएकोले उक्त विनियमावलीको विनियम ७(२) अनुसार त्यस सदस्य दलाललाई किन कारवाही नगर्ने ? सो को स्पष्टिकरण तीन (३) कार्य दिन भित्र पेश गर्न अनुरोध गरेकाे हाे ।

सूचना हेर्नुहाेस् :

617f74b77ec2b.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।