Like us!
Follow us!

हाथवे इन्भेष्टमेन्टले ५० रूपैयाँमा आईपीओ निष्कासन गर्ने

हाथवे इन्भेष्टमेन्टले ५० रूपैयाँमा आईपीओ निष्कासन गर्ने

लगानी खबर, काठमाडाैँ - हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले सर्वसाधारणलाई साधारण सेयर आईपीओ निष्कासन गर्ने भएको छ ।

कम्पनीले प्रति कित्ता अंकित मुल्य ५० रूपैयाँको दरले हुने १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको २९ लाख २५ हजार कित्ता साधारण सेयरको सार्वजनिक निष्कासन गर्नको लागि ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । 

सो सम्बन्धमा कम्पनी र क्यापीटलबीच सेयर निष्कासन सम्बन्धी सम्झौता सम्पन्न भएको छ । हिजो कार्तिक १४ गते, आइतबार ग्लोबल आइएमई क्यापीटलको केन्द्रीय कार्यालय नक्सालमा आयोजित कार्यक्रममा हाथवे इन्भेष्टमेन्ट नेपालको तर्फबाट अध्यक्ष योगेश्वर शर्मा ढकाल र ग्लोबल आइएमई क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस मणी ढकालले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।