Like us!
Follow us!

नेप्से परिसूचकसँगै बढ्यो कारोबार रकम, आधा दर्जन कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट

नेप्से परिसूचकसँगै बढ्यो कारोबार रकम, आधा दर्जन कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट

लगानी खबर, काठमाडाैँ - आइतबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । बढेको बजारमा आधा दर्जन कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (आइतबार) सेयर कारोबार मापक नेप्से परिसूचक ५५.५० अंकले बढेर २८३७.६१ विन्दुमा पुगेकाे छ । नेप्से १.९९ प्रतिशतले बढेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ९.४६ अंकले बढेर ५३०.४६ विन्दुमा पुगेकाे छ ।

कूल २३२ वटा कम्पनीकाे एक कराेड ३८ लाख ९९ हजार ३ सय २२ कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब ८२ करोड ३२ लाख २६ हजार ४ सय ९३ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

काराेबार भएका १३ उपसमूहमध्ये बैंक उपसमूहकाे सेयर मात्र घटेकाे छ भने बाँकी १२ वटा उपसमूहकाे सेयर बढेकाे छ  । 

आज ६ वटा कम्पनीकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । युनाइटेड इन्स्याेरेन्स, चन्द्रागिरी हिल्स, सामुदायिक लघुवित्त, हिमालयन उर्जा, लुम्बिनी विकास बैंक र पाँचथर पावरकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे हाे ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।