Like us!
Follow us!

एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद भर्ने म्याद थप

एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद भर्ने म्याद थप

लगानी खबर, काठमाडाैँ - एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले असोज २५ गते, साेमबारबाट निष्कासन तथा बिक्री खुल्ला गरेकाे हकप्रद सेयरमा आवेदन दिने म्याद थपिएकाे छ । अब कार्तिक २९ गतेसम्म आवेदन दिन पाइने भएकाे छ ।

यसअघि आज (कार्तिक १४ गते, आइतबार) सम्म आवेदन दिन पाइने भनिएकाेमा यस अवधिमा नेपालीहरूकाे महान चाड विजया दशमीका कारण सार्वजनिक बिदा परेकाे हुनाले सम्पूर्ण हकप्रद सेयर बिक्री नभएकाे भन्दै बैंकले हकप्रदमा आवेदन दिने म्याद थपेकाे हाे ।

बैंकले हाल कायम चुक्ता पुँजी १०ः३ को अनुपातमा एक सय रूपैयाँ अंकित दरमा ३० प्रतिशतले हुन आउने २४ करोड ३३ लाख ३६ हजार ३ सय ६७ रुपैयाँ ४२ पैसा बराबरको २४ लाख ३३ हजार ३ सय ६३ दशमलव ६७४२ कित्ता हकप्रद सेयर निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे ।

बैंकले हकप्रद प्रयोजनका लागि असोज १ गते एक दिन बुकक्लोज गरेको थियो । त्यसैले, भदौ ३१ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने शेयरधनीहरूले मात्र याे हकप्रद सेयर भर्न पाउनेछन् ।

त्यसैगरी, बैंकले हकप्रद सेयर निष्कासन गर्नका लागि एनआईबिएल एस क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।लगानीकर्ताहरूले एनआइबिएल एस क्यापिटल तथा एक्सेल डेभलपमेन्ट बैंकका सम्पूर्ण शाखा कार्यालयहरू र सी-आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयर सफ्टवेयरमार्फत पनि आवेदन दिन सक्नेछन् ।

सूचना हेर्नुहाेस् :

617e43c09a3d6.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।