Like us!
Follow us!

सूर्या लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, नगद र बाेनस कति ?

सूर्या लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, नगद र बाेनस कति ?

लगानी खबर, काठमाडाैँ - सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ  ।

कम्पनीकाे हिजाे कार्तिक १३ गते, शनिबार बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको १२.७० प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ०.६६८४ प्रतिशत नगद गरी कुल १३.३६८४ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे हाे ।

उक्त प्रस्तावित लाभांश बीमा समितिबाट स्विकृत भई र कम्पनीकाे आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ  ।

सूचना हेर्नुहाेस् :617e29ed733b8.jpg
 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।